Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा म्यादी प्रहरी तालिम सुरु
फाइल फाेटाे ।

रुकुम पश्चिममा आजबाट म्यादी प्रहरीको तालिम सुरु भएको छ । आगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा र प्रदेश सभाको सुरक्षार्थ खटिने म्यादी प्रहरीको तालिम आजबाट सुरु भएको हो । १० दिनसम्म सन्चालन हुने म्यादी प्रहरीको तालिम बराहाटाकुरा खेल मैदानमा सुरु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार उत्तिर्ण भएका म्यादी प्रहरीले हिजो नै नियुक्ति बुझेर तालिममा सहभागी भएका छन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षार्थ खटिने म्यादी प्रहरीको भदौ २६ गने भर्ना आवेदन खुलेको थियो । जसअनुसार रुकुम पश्चिममा ११ सय जना म्यादी प्रहरीले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ४ सय २४ जना नयाँ र ३ सय ७१ जना गत स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरी छनोट भएका हुन् ।

जिल्लाका लागि ७ सय ७५ जना म्यादी प्रहरी छनाैट गरिएकाे छ । तालिम कात्तिक ८ गतेसम्म सञ्चालन हुने छ । कुन मतदान केन्द्रमा कति म्यादी प्रहरी परिचालन गर्ने भन्ने विषयमा भने म्यादी प्रहरीको तालिम सकिएपछि निर्णय हुने प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयाे।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update