Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा विपतबाट ३ वर्षमा १२ जनाको मृत्यु, यो वर्ष मात्र ४२ घर र तीन विद्यालयमा पूर्ण क्षेति
पहिराेले त्रिवेणी ६ काे राङटेमा पुगेको क्षेति ।

रुकुम पश्चिममा बितेको ३ वर्षमा विपतबाट १२ जनाको ज्यान गएको छ । बितेको आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म रुकुम पश्चिममा वाढी, पहिरो जस्ता विपतबाट १२ जनाको ज्यान गएको हो । वितेको ३ वर्षमा आगलागी, बाढी, पहिरो र चट्याङबाट १२ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा पहिरोबाट २ जना पुरुष १ जना महिलाले ज्यान गुमाएको र आगलागीबाट १ महिला १ पुरुषले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार  आ.व. २०७८/०७९ मा चट्याङबाट २ जना पुरुष र वर्षाका कारण २ जना महिलाको ज्यान गएको थियो । 

चालु वर्ष २०७९/०८० को असोज २७ गतेसम्म पहिरोमा पुरिएर २ आमा छोरी तथा सानीभेरी गाउँपालिका ३ मा वाढीले बगाएर एक पुरुषको मृत्यु भएको छ भने साेही ठाउँकी एक महिला वेपत्ता रहेकाे प्रहरीले जनाएको छ । विपतका कारण मानवियका साथै धन सम्पतीमा पनि ठूलो क्षेति पुगेको छ । चालु आ.व.को हालसम्म मात्र वर्षाका कारण ४२ घरमा पूर्ण रुपमा क्षेती पुगेको छ । भने ३ वटा सामुदायिक विद्यालयमा वर्षाले क्षेती पुर्याएको छ ।

वर्षाका कारण चौरजहारी नगरपालिकामा १, आठबीसकोट  नगरपालिकामा ७, मुुसीकोट नगरपालिकामा १६, सानीभेरी गाउँपालिकामा ११ घरहरु भत्किएका छन् । त्यस्तै त्रिवेणी गाउँपालिकामा ८, बाँफिकोट गाउँपालिकामा १५ वटा घरहरु पूर्ण रुपमा क्षेतीग्रस्त भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेर पशु चौपाया पनि मरेका छन् । 

बाढी पहिरोबाट क्षेती भएका घरहरुको तथ्याङ पालिकाहरुबाट आइरहेकोले क्षेतिको परिमाण बढ्न सक्ने प्रहरीको भनाई छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update