Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषि कार्यालयबाट १० जना सम्मानित 
जिसस प्रमुख, उपप्रमुख र सिडिओले सम्मान पत्र प्रदान गर्नु हुँदै ।

रुकुमपूर्वमा रहेको एकीकृत कृषि तथा पशुपंक्षी कार्यालयबाट १० जना सम्मानित हनु भएको छ । आइतबार परेको ४२ औँ विश्व खाद्य दिवसको अवसरमा जिल्ला स्थित कृषिमा सरोकार राख्ने विभिन्न विधाका कृषक र सञ्चारकर्मीलाई समेत कार्यालयले सम्मानित गरेको हो । 

सम्मानित हुनेहरूमा व्यवसायिक तरकारी उत्पादन तर्फ निशा शाही, व्यवसायिक भंैसी पालन तर्फ वसन्त मल्ल, व्यवसायिक मौरी पालन तर्फ मोतिलाल खड्का, व्यवसायिक वँगुर पालन तर्फ दोरे पुन, व्यवसायिक बाख्रा पालन तर्फ पदम पुन, व्यवसायिक लसुन उत्पादन तर्फ विजय ओली, व्यवसायिक भेडा पालन तर्फ धनबहादुर बुढा, व्यवसायिक फलफूल उत्पादन तर्फ विनकुमार बुढा, सहकारी संस्था तर्फ मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सञ्चारकर्मी तर्फ राससका जिल्ला समाचारदाता सर्जना कार्की सम्मानित हुनु भएको छ । सम्मान स्वरूप प्रमाण पत्र सहित नगद प्रदान गरिएको कार्यालयले जनाएको छ । 

सम्मान कार्यक्रमले उहाँहरूको व्यवसाय थप फस्टाउनमा प्रोत्साहन मिलोस् र अन्य कृषकले पनि व्यवसायिक कृषि पेसा अङ्गालुन भन्ने उद्देश्य रहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update