पत्रकार सर्जना कार्की सम्मानित हुनुभएकाे छ । उत्पादन पोषण र वातावरणमा सुधार, सुखी जीवनको आधार भन्ने मुल नारा सहित आयोजित ४२ औँ विश्व खाद्य दिवस २०७९ को अवसरमा कार्की समानित हुनुभएकाे हाे।
दिवसका अवसरमा कार्कीलाई एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम पूर्वले आइतबार सम्मान गरेको हाे । जिल्लाको कृषि, खाद्य सुरक्षा र आर्थिक विकासको क्षेत्रमा कलम चलाएर उल्लेखनीय योगदान पुर्याएकाे भन्दै सिस्ने गाउँपालिका वडा नम्बर ५ निवासी कार्कीलाई सम्मान पत्र प्रदान गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, कार्यालयका प्रमुख पिताम्बर बस्नेत र छनोट समिति संयोजक थलबहादुर बस्नेतले हस्ताक्षर गरेको सम्मान पत्र प्रदान गरिएकाे छ । सम्मान पत्रको साथमा पत्रकार कार्कीलाई नगद दुई हजार रुपैयाँ पनि दिइएको छ ।
पत्रकार कार्की राष्ट्रिय समाचार समिति (रासस) र ग्यालेक्सी फोरके टेलिभिजन जिल्ला संवाददाता तथा मुलुक पाटी अनलाइनको सम्पादक हुनुुहुन्छ ।