रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले नगरपालिकाका थप दुई ठाउँमा सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरकार्यपालिकाको निर्णय अनुसार वडा नम्बर ५ मा रहेको नगरपालिकाको कार्यालय अगाडी र वडा नम्बर १ को बराहटाकुराबाट सल्ले जोड्ने झोलुंगे पुलमा सिसी क्यामेरा जडान हुन लागेको हो ।
बराहटाकुरामा झोलुंगे पुलमा मान्छेहरुको धेरै भिडभाड हुने भएको र नगरपालिकाको कार्यालय अगाडी गाडी आवतजावत तथा पैदल यात्रीको सुरक्षालाई ध्यानमा राखेर सिसी क्यामेरा थप्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । यसैविच नगरपालिकाले यसअघि जडान गरिएका सिसी क्यामेरा नियमित संचालनका लागि ब्याकअपको व्यवस्था गर्ने निर्णय भएको जनाएको छ ।
हाल मुसिकोटका विभिन्न बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा बत्ति भएको बेला मात्र संचालन हुन्छन् । जसका कारण जुन उद्ेश्यले सिसी क्यामेरा जडान गरिएको हो त्यो पुरा हुन सकेको छैन् । अव भने सिसी क्यामेरा नियमित संचालनका लागि ब्याट्री ब्याकअपको व्यवस्था गर्ने नगरकार्यपालिका बैठकले निर्णय गरेको हो ।
बैठकले यसको लागत अनुमान तयार पार्न लगाई तत्काल काम सुरु गर्ने पनि निर्णय गरेको नगरपालिकाले जनाएको छ ।