Kakhara सबैको खबर सम्पूर्ण खबर
विपत् प्रभावित ३४ परिवालाई सानीभेरी गाउँपालिकाकाे आर्थिक सहयाेग

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा वर्षाका कारण घर क्षेती भएका ३४ घर परिवारलाई राहत वितरण गरिएको छ । गाउँपालिकाले पालिका भित्रका ११ वटै वडाका ३४ घर परिवारलार्ई क्षतिकाे अवस्था हेरेर नगद रकम हस्तान्तरण गरेको हो । गाउँपालिकामा वर्षाले पुर्याएको क्षतिको अवस्था हेरेर १० हजार, १२ हजार र १५ हजारसम्म राहत स्वरुप नगद वितरण गरिएकाे गाउँकार्यपालिका प्रवक्ता पहलसिङ घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३४ घरपरिवारलाई कुल ३ लाख ६४ हजार नगद हस्तान्तरण गरिएको छ । वर्षाले पूर्ण रुपमा क्षती पुर्याएका घरपरिवारका लागि भने जिल्ला प्रशासन कार्यालय मार्फत संघ र प्रदेशमा समन्वय गरेर जनता आवास कार्यक्रमबाट घर निर्माण गरिने गाउँपालिकाले जनाएकाे छ । गत भदौ १२ गते अविरल वर्षाका कारण ७ घरमा पूर्ण रुपमा क्षति भएकाे थियाे ।

अन्य घरमा पनि आंशिक क्षति भएकाे थियाे । वर्षाकै कारण खोलाले बगाउदा १ जनाकाे मृत्यु भएकाे थियाे भने १ जना अझै वेपत्ता छिन् । खेतबारीमा क्षेति हुनुका साथै पशुचाैपाया मरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update