Kakhara सबैको खबर सम्पूर्ण खबर
आमाको नाममा एक लाख एक हजार एक सय एघार रुपैयाँको  अक्षय कोष
अक्षय कोष स्थापना गरेका बोहरा दम्पती ।

गरिब तथा विपन्न विद्यार्थीको हितमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले मुसिकोट नगरपालिका वडा नं १ सल्ले घर भै हाल काठमान्डौ बस्दै आउनुभएका कर्णबहादुर बोहरा र गायत्रा केसी बोहराले उहाँकी स्वर्गीय आमा चैती भण्डारी बोहराको नाममा रुकुम पश्चिमको मुसीकोट नगरपालिका १, को सरस्वती माध्यमिक विद्यालय सल्ले रूकुम पश्चिममा शैक्षिक अक्षय कोष स्थापना गर्नु भएको छ।

आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पुर्‍याउने उद्देश्यसाथ कर्ण बोहरा दम्पतीले १ लाख १ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरिदिएका हुन् । बोहरा परिवारबाट नगद रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर थापालाई हस्तान्तरण गर्दै कोष सञ्‍चालनमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानाध्यापक खम्बुसिं थापाले यस कोषको सही सदुपयोग हुनेमा विश्वास दिलाउदै बोहरा दम्पतिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। यस कोषबाट प्रतिवर्ष दुई जना गरीब जेहेन्दार र विपन्न विद्यार्थीलाई नगद रकम प्रदान गरिनेछ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापाले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्‍याउने प्रतिबद्धता जनाउनु भएको शिक्षक टिकाराम विष्टले जानकारी दिनुभयो।

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update