बाल सञ्जाल तथा बालमैत्री सम्बन्धी तालिम सम्पन्न
रुकुम पूर्वको भूमे गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल बाल अधिकार र बालमैत्री सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग र भूमे गाउँपालिकाको आयोजनामा कात्तिक १ गते देखि सञ्चालन गरिएको तालिम बिहीबार सम्पन्न भएको हो । भूमे गाउँपालिका भित्र ९ वडा बाट बालबालिकाको सहभागिता रहेको थियो ।
३ दिन सम्म सञ्चालन भएको तालिममा बाल सञ्जालको पद तथा अधिकार सम्बन्धी हुने सकरात्मक पक्ष सिकाइएको थियो । साथै बालबालिकाको हक र अधिकार सम्बन्धी सुधार गर्नु पर्ने कुराहरू यौनजन्य हिंसा बलात्कार तथा कुटपिट सम्बन्धी न्याय लगायतका कुरा सिकाइएको हो । तालिमको सहजीकरण युनिसेफ प्रतिनिधि प्रेम ओलीले गराउनु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ १८:२०
प्रतिक्रिया दिनुहोस्