Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो साधारण सभा सम्मपन्न 

स्वाभिमान दलित उत्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो साधारण सभा सम्पन्न भएको छ । रुकुमपूर्व सिस्ने गाउँपालिका–६ स्थित रुकुमकोटमा रहेको स्वाभिमान दलित उत्थान बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बिहीबार रुकुमकोटमा दोस्रो साधारण सभा सम्पन्न भएको हो । 

दलित समुदायको आर्थिक तथा व्यवसायलाई थप साथ सहयोग पु¥याउने उद्देश्यले उक्त सहकारी संस्थाले काम गरिराखेको छ । हाल सम्ममा सहकारीको आफ्नो लगानी तथा जिल्ला स्थित सरकारी कार्यालय र विभिन्न संघ/संस्थाहरूको आर्थिक सहयोगमा दलित समुदायको हक, हितको लागि काम गरिराखेको सहकारीले जनाएको छ । व्यवसायिक कुखुरा पालनका लागि कुखुराका चल्ला वितरण, व्यवसायिक आरन सुधार, घरायसी कामकाजका लागि आवश्यक पर्ने फलाम, निगालो तथा अन्य वस्तुबाट निर्माण गरिएको सामग्री खरिद तथा बिक्री, सीप क्षमता अभिबृद्धि गराउनका लागि तालिम, सचेतना कार्यक्रम लगायत काम सहकारी मार्फत भइरहेको सहकारीका अध्यक्ष हर्कबिर कामीले बताउनुभयो । अझै थप दलित समुदायको सर्वाङ्गिन विकासका लागि धेरै काम बाँकी रहेकोले अधुरा काममा लागि पर्ने अध्यक्ष कामीले बताउनुभयो । 

यसैगरी साधारण सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष वशन्तकुमार श्रेष्ठले सरकारको आर्थिक समृद्धिको लक्ष्य पूरा गरिदिनेमा एक महत्त्वपूर्ण भुमिका सहकारीहरूको रहेको बताउनुभयो । त्यसैले सरकारले पनि सहकारी संंस्थालाई सहयोग गर्नु पर्छ र सहकारी संस्थाले पनि लगानीलाई प्रतिफल आउने गरी काम गर्नु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो । 

सहकारीको पुँजीगत दायित्व तर्फ १९ लाख ९७ हजार ९ सय ६७ रुपैयाँ, सहकारीको सम्पत्ति तर्फ १९ लाख ९७ हजार ९ सय ६७ रुपैयाँ नै रहेको छ । यसैगरी आम्दानी ७ लाख ५७ हजार ५४ रुपैयाँ, खर्च तर्फ ७ लाख ५७ हजार १ सय ९२ रुपैयाँ भएकोमा हाल सम्मको घाटा ५ हजार ३ सय ८८ रुपैयाँ रहको छ । साधारण सभा कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update