विद्रोह भन्ने चिज कुनै पनि मानिसले रहरले कहिल्यै गर्दैन ! एउटा पशुलाई पनि घेराबन्दीमा कैद गर्दा उस्ले सकेसम्म त्यो तोडेर भाग्ने जमर्को गर्छ त्यो उसले गरेको एउटा विद्रोह हो । झन मानिस त आफैमा एउटा चेत सहितको प्राणी हौँ ! हाम्रो जिन्दगीमा थुप्रै पटक थुप्रै किसिमका विद्रोहहरु हुन्छन । विद्रोह भन्ने–साथी, जीबनसाथी, परिवार, आफन्त, समाज, पार्टी, राज्य, रोजगारदाता मालिक, कम्पनी, शिक्षा, धर्म लगायत जो सँग पनि हुन सक्छ । सम्भवत ति प्राय विद्रोह कुनै न कुनै प्रकृतिका अतिवादको विरुद्ध बाध्यतबस् खास खास समयमा उठ्ने गर्दछन् ।
अब आसन्न निर्वाचनमा रुकुम पुर्वको प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ मा सत्ता गठबन्धनको माओवादी केन्द्रका उम्मेदवारको बिरुद्ध माओबादीकै अर्का नेता तथा पुर्व जनमुक्तिसेनाका कमाण्डर सुरुल पुन मगर (क. अजयशक्ति)को विद्रोही उम्मेदवारीबारे केही कुरा गरौँ ! महान जनयुद्धको उद्गम थलोको रुपमा परिचित रुकुममा शान्तिप्रक्रिया पश्चात निरन्तर माओवादी पार्टीले एकलौटी जित्दै आएको सर्वविदितै छ । संघियता पछि रुकुम दुईटुक्रा भएर पुर्व र पश्चिममा विभक्त भईसकेपछि पनि यि दुवै जिल्लामा माओवादीको वर्चश्व कायम रहँदै आएको छ । पार्टी र नेतृत्वले गरेको निर्णयलाई शिरोपर गर्दै यहाँका जनता खास गरी माओवादी संवद्ध नेता, कार्यकर्ता समर्थक तथा मतदाता सबै सबैले पटक पटक केन्द्रबाट टिकट प्राप्त गरेर आउँने उम्मेदवारहरुलाई भोट खन्याउँदै आएको इतिहाँस छर्लङ्गै छ । ति चाहे एउटै मान्छे पटक पटक आएका होऊन वा आफु–आफुमा पालै पालो गरेर आएका होऊन । तर रुकुमका जनताले जिताउँदै आएका छन् । करिब २८÷३० बर्षदेखी माओवादीलाई धोका दिएका छैनन् । दश बर्षे ‘जनयुद्ध’ देखी गणतन्त्रको संसदिय राजनीतिसम्म रुकुम सँधै माओवादीको ‘लालकिल्ला’को रुपमा उभिइरह्यो ।
तर बिडम्बना एक यस्ता होनहार योद्धा तथा कमाण्डर शान्ति प्रक्रिया पछि सोझो भएकै कारण, माथिल्लो नेताले जता जिम्मा दिन्छन त्यतै जान तयार हुने भएकै कारण । अझ भनौँ स्वार्थी र चतुर हुन नजानेकै कारण विस्तारै ओझेलमा परेको जस्तो भान हुँदै थियो । तर अब आफ्नो भूगोलको लागी, आफ्नो वर्गको लागी र आफु जस्तै झुत्रा र थोत्रा जिन्दगानी भित्र जनयुद्ध लडेका दिनहरुको सम्झनामा टिल्पिलाएर बसेका कयौँ कम्रेडहरुको लागी अजयशक्तिले फेरि एकचोटी अजयशक्ति बन्ने आँट गरेका छन् ।
यति धेरै त्याग, बलिदान र समर्थनको बावजुत पनि जिल्लाको उत्तरी क्षेत्र (हालको निर्वाचन क्षेत्र नं. ‘क’) सँधै उपेक्षित भइरह्यो । नेतृत्वले केवल राजनीतिक भर्याङको रुपमा मात्रै यस क्षेत्रलाई प्रयोग गर्यो तर यस क्षेत्रबाट पनि नेतृत्व जन्मनु पर्छ, जन्मन दिनु पर्छ, जन्माउँनु पर्छ भन्ने सोँचलाई कहिल्यै प्राथमिकतामा राखेन अर्थात राख्न चाहेन । भने अर्कोतिर यस क्षेत्रले जबर्जस्त पैदा गरेका जुझारु र आशालाग्दा नेताहरु कालीबहादुर खाम ‘विविध’, जितमान पुन ‘मार्सल’ र तेजेन्द्र खाम लगायतहरुलाई थिचेरै उठ्न दिइएन (भलै त्यसमा केही समस्याहरु उहाँहरुको आफ्नै कारण पनि होला) ! किन कि दोष अरुलाई मात्रै थुपार्नु पनि गलत हुन्छ यहाँ ! यसरी क्रान्ति र आन्दोलनले जबर्जस्त स्थापना गरेका भर्भराउँदा नेतृत्वहरुलाई मौका छोपी छोपी कानुनी स्तरबाट र सांगठनिक स्तरबाट अप्ठ्यारोमा पार्ने र पाखा लगाउँने अनि नयाँ आउँने युवा नेतृत्वलाई केन्द्रीय नेतृत्वको शक्ति दुरुपयोग गरी अचटेर (थिचेर) उठ्नै नदिने भने जनतालाई चैँ भेडा झैँ एक मुठा हरियो घाँस देखाएर जता बोलायो उतै लम्कने बनाइदिने । यो अचम्मको कला हाम्रो जिल्ला नेतृत्वमा हुँदै आयो चाहे त्यो समग्र रुकुम रहेको बेला होस् चाहे त्यो दुईटुक्रा रुकुम बनिसकेपछि होस् ।
माओवादीले नै ल्याएको एजेण्डालाई पूर्ण कार्यान्वयन गरेर अघि बढौँ भन्ने आवाज उठाउँछन् उनलाई गन्दै नगन्ने, टेर्दै नटेर्ने अनि अलि कडा रुपमा प्रस्तुत भयो भने कार्वाही गर्ने । हो यो खालको नवसामन्तवादी प्रवृतिका कुनै पनि नेता अब रुकुमले झेल्न सक्दैन, चाहँदैन । जनताको मतबाट वैधानिक तरिकाले विदा गर्नु पर्छ जुनै पार्टीका भए पनि ।
माओवादीकै तत्कालिन नेता लोकेन्द्र बिष्ट मगरले एक सन्दर्भमा भनेका थिए (रुकुममा त माओवादीले कुकुर र बिरालोलाई उम्मेदवार उठाए पनि चुनाव जित्छ) भलै त्यतिखेर लोकेन्द्र बिष्टलाई पराई जिल्ला म्याग्दी पुगेर हार व्यहोर्नुको पिडा त थियो नै । अर्का कांग्रेसका पुराना नेता गोपालजी जंङ्ग शाहले पनि ५४ सालको चुनावका बेला रुकुमको उत्तरी क्षेत्र अर्थात हाम्रो मगर बाहुल्य रहेको हालको रुकुम पुर्वतिर चुनावि अभियानमा जाने क्रममा भनेका थिए ‘माथी पर्वततिर भेडाहरु खरिद गर्न जाँदै छु’ वास्तवमा यि दुई नेताको ति अभिव्यक्ति निकै नै गम्भिर र सोचनिय बिषय थियो । राजनीतिक नेतृत्वले यस क्षेत्रलाई कसरी बुझ्दो रहेछ र हेर्दो रहेछ भन्ने कुराको एउटा प्रष्ट उदाहरण हो यो । आफुलाई ऊ बेलाको रुकुमको सर्वोस्व थान्ने कथित एलिट वर्गको गोपालजी जंगले ०५४ सालमा सामन्ति सोँच र भाषाबाट प्रहार गरेको त्यो शब्द र त्यो प्रवृतिको बिरुद्ध आगोको राँको बोकेर हिडेका गणतन्त्रवादी कम्युनिष्ट नेता लोकेन्द्र बिष्ट मगरले १८ बर्ष पछि व्यक्त गरेको त्यो भाषामा केही भिन्नता थिएन । दुवैको अभिव्यक्तिको एउटै अर्थ हो कि ‘हाम्रो क्षेत्रका मानिसहरु पशु सरह छन् । उनिहरु सँग गतिलो चेतना छैन । जे भन्दा पनि मान्छन् खरिद बिक्रि पनि गर्न सकिन्छ, भेडा भन्दा माथी छैनन् ।’
त्यसैले आज रुकुम पूर्वले सकेसम्म निकट भविष्यमै समग्र नेपाल देश हाँक्न सक्ने, नभए कम्तिमा जिल्लालाई पारदर्शीता र सुशासनका साथ समानताको आधारमा न्यायिक नेतृत्व दिने नेता खोजिरहेको छ । तर जहाँ कमिसन आउँछ त्यहाँ मात्रै ठेक्का पार्ने, जसले मालिस गर्दिन्छ उसैलाई मात्रै हरेक क्षेत्रमा अवसर प्रदान गर्ने, नियुक्ति दिने, केन्द्रीय नेतृत्वलाई जिल्लाको सबैभन्दा राम्रो र लायकको नेता आफु वाहेक अरु कोही नरहेको जस्तो गरी भ्रममा पारेर ठिक्क बनाईराख्ने । तर जसले पार्टीलाई जनताको पार्टी जस्तो बनाऊँ, सर्वहारावर्गहरुको पार्टी जस्तो बनाऊँ, गणतन्त्र, संघीयता र समानुपातिक समावेशिता जुन माओवादीले नै ल्याएको एजेण्डा हो यसलाई पूर्ण कार्यान्वयन गरेर अघि बढौँ भन्ने आवाज उठाउँछन् उनलाई गन्दै नगन्ने, टेर्दै नटेर्ने अनि अलि कडा रुपमा प्रस्तुत भयो भने कार्वाही गर्ने । हो यो खालको नवसामन्तवादी प्रवृतिका कुनै पनि नेता अब रुकुमले झेल्न सक्दैन, चाहँदैन । जनताको मतबाट वैधानिक तरिकाले विदा गर्नु पर्छ जुनै पार्टीका भए पनि ।
आज सुरुल पुन मगर (अज्यशक्ति) को विद्रोही उम्मेदवार मुलतः माथी मैले उल्लेख गरेको प्रवृतिहरुको विरुद्ध नै हो भन्ने ठानेको छु । यद्धपी सुरुल पुन मगरले ठुलै जादु नै गरेर यो क्षेत्रलाई रातारात कायापलट गर्लान भन्ने ठम्याई र आशय भने होईन । तर उनको विद्रोही उम्मेदवारी दुई कारणले मलाई जायज लागेको छ ।
म माओवादी पार्टीले यो देशलाई पुर्याएको योगदान, यो सिङ्गो व्यवस्था प्राप्तीको लागी गरेको ऐतिहासिक र अभुतपुर्व कार्यको सँधै उच्चप्रशंसा गर्छु समर्थन गर्छु । र स्वभाविक एक स्वच्छ समर्थक हुनुको नाताले अझै केही समय नेपालमा माओवादी बलियो होस भन्ने चाहना राख्छु । कारण माओवादी कमजोर हुँदा प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरुले यो देशलाई फेरी राजारजौटाहरुको बिर्ताको रुपमा स्थापित गर्ने दुस्साहस गर्ने गरेका छन् । तर पार्टी भित्रको विकृतिको विरुद्ध, दलाल र नवसामन्ति प्रवृतिको विरुद्ध भने चुप लागेर बस्नु हुन्न बोल्नु पर्छ, लेख्नु पर्छ भन्ने मान्यता राख्छु । यसर्थ सिङगो माओवादी हारोस् भन्ने होईन, बरु सुदृढ भएर जनताको प्यारो बनोस, जनताको ढुकढुकी बनिरहोस भन्ने हो । केपी ओली सँग हात मिलाउँदा मैले जति प्रचण्डको विरोध त कसैले गरेनन् होला ।
आज सुरुल पुन मगर (अज्यशक्ति) को विद्रोही उम्मेदवार मुलतः माथी मैले उल्लेख गरेको प्रवृतिहरुको विरुद्ध नै हो भन्ने ठानेको छु । यद्धपी सुरुल पुन मगरले ठुलै जादु नै गरेर यो क्षेत्रलाई रातारात कायापलट गर्लान भन्ने ठम्याई र आशय भने होईन । तर उनको विद्रोही उम्मेदवारी दुई कारणले मलाई जायज लागेको छ । पहिलो त्यसले पार्टी भित्र मौलाएको गैरजनवादी पद्धतिमाथी सच्चिन कडा झापट प्रहार गरेको छ । भने दोस्रो यस क्षेत्रको जनतालाई पशु सरह थान्ने सामन्ति सोँच र चिन्तनका तत्वहरुलाई हामी पशु होईनौँ जसको गोठालो अन्तैबाट खोजेर ल्याउँनु पर्ने । हामी हाम्रो नेतृत्व गर्न, हाम्रो विकास गर्न र हाम्रो अधिकारहरु खोज्न, खोस्न र स्थापना गर्न आफै सक्षम छौँ भन्ने एउटा दरिलो जवाफ दिएको छ । यसकारण अलिकति पनि चेत भएको मान्छे हौँ भने यसपटक यस निर्वाचन क्षेत्र नं. क बाट यहाँका सबै विचार बोकेका सबै मतदाताले भुलाक (बल्ब) चुनाव चिन्हमा छाप लगाएर अजयशक्तिलाई जिताउँनु पर्छ ।
तर कुनै पनि दोस्रो उम्मेदवारमाथी भौतिक प्रतिबन्ध, आक्रमण, असभ्य लान्छना र हिंस्रक खाले प्रस्तुति जायज हुँदैन । गणतन्त्रमा हरेक मानिसको लोकतान्त्रिक अधिकारलाई सिधा निषेध गर्न सुहाउँदैन र मिल्दैन । कसैले मलाई भोट देऊ भनेर हिड्नु नेपालको संविधानले दिएको उसको अधिकार हो ।
अजयशक्ति भन्ने नाम आफैमा एउटा असाधारण र गर्बिलो इतिहासले जन्माएको नाम हो । २४० बर्ष देखी राजतन्त्रबाट नेपाली जनतामाथी जर्जरपूर्ण रुपमा लादिँदै आएको असमानता, विभेद र वेथितिहरुको विरुद्धमा जीवनलाई खुकुरीको धारमा तेस्र्याएर मुक्तिको खातिर लड्ने क्रममा सहिद घोषणा भइसकेका पात्र हुन अजयशक्ति । मृत्युलाई जितेर, दुश्मनका निर्मम यातना र जहमहरुलाई पचाएर नेपाली क्रान्तिको इतिहासमा एक अनौठो र अजय इतिहास रचेर फर्केपछि बनेको नाम हो अजयशक्ति । अन्यथा त्यसअघि अजयशक्तिलाई केवल शक्ति मात्रै भनिन्थ्यो । तर बिडम्बना एक यस्ता होनहार योद्धा तथा कमाण्डर शान्ति प्रक्रिया पछि सोझो भएकै कारण, माथिल्लो नेताले जता जिम्मा दिन्छन त्यतै जान तयार हुने भएकै कारण । अझ भनौँ स्वार्थी र चतुर हुन नजानेकै कारण विस्तारै ओझेलमा परेको जस्तो भान हुँदै थियो । तर अब आफ्नो भूगोलको लागी, आफ्नो वर्गको लागी र आफु जस्तै झुत्रा र थोत्रा जिन्दगानी भित्र जनयुद्ध लडेका दिनहरुको सम्झनामा टिल्पिलाएर बसेका कयौँ कम्रेडहरुको लागी अजयशक्तिले फेरी एकचोटी अजयशक्ति बन्ने आँट गरेका छन् । हिजो निरङ्कुश शाहीसत्ताको अनगिन्ती गोली र यातनालाई जितेर फर्किँदा अजयशक्ति बनेका थिए भने आज आफ्नै पार्टी र जिल्ला भित्रका सर्वसत्तावादको विरुद्ध विद्रोह गरेर अजयशक्ति बनेका छन् । समयको घुम्टीले अजयशक्तिलाई फेरी पनि अजयशक्ति बनाएको छ अर्थात त्यो अवसर प्रदान गरेको छ ।
जाँदाजाँदै एउटा सुझाव दिन चाहान्छु –हामीले एउटा रणनीतिक उच्च चेतनाको प्रचार गर्ने हो । हामीलाई भेडा ठानेर आफुलाई हाम्रो कथित गोठालो सम्झिनेहरुलाई सैद्धान्तिक प्रतिवाद गरेर जनताको मतद्वारा पराजित गर्ने हो । उनिहरुले सिङ्गो पार्टी, नेतृत्व र जनता बिचको दुरीमा अपवित्र बिचौलियाको रोल खेलेर गर्दै आएका नाजायज हर्कतहरुको भण्डाफोर गर्ने हो । र आम मतदाताहरुलाई पूर्ण सचेत पारेर निरन्तरताको नेतृत्वको क्रमभंग पार्न मानसिक रुपमा सुसज्जित पार्ने हो । तर कुनै पनि दोस्रो उम्मेदवारमाथी भौतिक प्रतिबन्ध, आक्रमण, असभ्य लान्छना र हिंस्रक खाले प्रस्तुति जायज हुँदैन । गणतन्त्रमा हरेक मानिसको लोकतान्त्रिक अधिकारलाई सिधा निषेध गर्न सुहाउँदैन र मिल्दैन । कसैले मलाई भोट देऊ भनेर हिड्नु नेपालको संविधानले दिएको उसको अधिकार हो । कम्रेड अजयशक्ति र उहाँको पृष्ठभूमिमा खम्बा बनेर उभिएका अन्य नेता, कार्यकर्ता लगायत सबै टिमलाई जितको हार्दिक शुभकामना !