रुकुमपूर्वमा तीन पदका लागि अठार जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य दुई गरी तीन पदका लागि अठार जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रका गरी जिल्लामा अठार जना उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि ६, प्रदेश नम्बर १ मा पाँच र प्रदेश नम्बर २ मा सात गरी अठार जना चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार लुम्बिनी प्रदेशका निवर्तमान सभामुख नेकपा माओबादी केन्द्रका पूर्णबहादुर घर्ती मगर, नेकपा एमालेका प्रदेश सदस्य कैलाशकुमार मल्ल, राप्रपाका खिमबहादुर खत्री, नेश्नलिष्ट पिपल्स पार्टीका दलबहादुर बुढा मगर, मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढा मगर र स्वतन्त्र चन्द्रराज झाँक्री मगर उम्मेदवारी दिनु भएकोे छ ।
यस्तै प्रदेश क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार माओबादी केन्द्रका केन्द्रीय सदस्य तेजबहादुर ओली, नेकपा एमालेका तेजेन्द्र बुढा मगर, मंगोल नेशनल अर्गनाइजेसनका पूरा पुन मगर र स्वतन्त्रबाट दुतकुमार पुन मगर, सुरुल पुन मगर रहनु भएको छ । भने प्रदेश क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका धनबहादुर केसी, राप्रपाबाट केशवचन्द्र समाल, एमालेबाट भावना बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनबाट लेखन बुढा मगर, स्वतन्त्रबाट केशव रावल, नरहरि खड्का र पूर्णजंङ सिंह उम्मेदवार रहनु भएको छ ।
सहयोद्धा बीच प्रतिस्पर्धी
सत्ता गठबन्धनका साझा उम्मेदवार र पार्टीबाट रुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । सङ्घमा एक, प्रदेश नम्बर १ बाट दुई र प्रदेश नम्बर २ बाट तीन गरी जिल्लामा ६ जनाको स्वतन्त्र उम्मेदवार रहेको छ । ६ जना स्वतन्त्र उम्मेदवार मध्ये पार्टीबाट रुष्ट भइ माओबादी केन्द्रका तीन र नेपाली कांग्रेसका एक गरी चार जना स्वतन्त्र उम्मेदवार बन्नु भएको छ ।
माओबादी केन्द्रबाट रुष्ट हुनु भएका सङ्घमा चन्द्रराज झाँक्री मगर, प्रदेश क्षेत्र नम्बर १ मा माओबादी केन्द्रबाट रुष्ट हुनु भएका सुरुल पुन मगर, कांग्रेसबाट रुष्ट हुनु भएका दुतकुमार पुन मगर र प्रदेश नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार प्रति रुष्ट भइ माओवादी केन्द्रका केशव रावलले स्वतन्त्र उम्मेदवार दिनु भएको छ । पार्टी तथा साझा उम्मेदवारबाट रुष्ट भइ स्वतन्त्र र पार्टीको टिकेट पाएका सहयोद्धा बीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।