Kakhara सबैको खबर सम्पूर्ण खबर
सामान्य व्यक्ति राज्य संचालनमा पुग्नु हिजोको संघर्षको उपलब्धि होः मन्त्री कामी 
फाइल फाेटाे ।

कर्णाली प्रदेश सरकारका उर्जा तथा जलस्रोत मन्त्री रातो कामीले  समावेशि सिद्धान्त अंगिकार गरेर नै मुलुकमा आज हरेक समुदाय, लिङ्ग र वर्गको प्रतिनिधित्व राज्यको नीति निर्माण तहसम्म पुगेको बताउनुभएको छ । आज रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको खारानेटामा भएको नेता र नेतुत्वको कौशल साट्ने र तिहार तथा  छठ पर्वको शभकामना आदान प्रदान कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो । 

माओवादीले संचालन गरेको १० वर्षे ‘जनयुद्ध’कै कारण आफु दलित समुदायको भएपनि नीति निर्माणको तहमा पुगेको उहाँले बताउनुभयो । यसलाई ठूलो उपलब्धीका रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । सरल र सहज जीवन शैली, सामाजिक र साँस्कृतिक तथा कला संस्कृतिको संरक्षण, विभेद रहित आचरणको विकास हुन आवश्यक रहेको उहाँको भनाई छ । 

साथै उहाँले समाजमा रहेका सबै विकृतिको अन्त्यका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । संविधानले प्रदत्त गरेका सबै नागरिकका अधिकार कार्यान्वयनका लागि आफुहरुले हिजो पनि आन्दोलनको मोर्चालाई सम्हालेको र अहिलेपनि कुनै न कुनै रुपमा मुक्तिको आन्दोलनमा रहेको बताउनुभएको थियो । 

दलित उद्धम विकास बहुउद्देश्यीय संस्था लिमिटेड त्रिवेणी गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको अध्यक्षता लक्ष्मण विकले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख दिपेन्द्र विक, चौरजहारी नगर प्रमुख पुष्प वादी लगायत वडा अध्यक्षहरु, गाउँपालिकाका विषयगत शाखाका कर्मचारी लगायतको पनि उपस्थित रहेको थियो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update