रुकुम पश्चिमको मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । स्वर्गीय आमा बुवाको सम्झनामा मुसीकोट नगरपालिका १ खलंगा सालघारीको एक परिवारले क्याम्पस परिषरमा सरस्वतीको मन्दिर निर्माण गरेको हो ।
स्वर्गीय पिता कालिबहादुर खत्री (तारादल) र आमा दुर्गा खत्रीको सम्झनामा छोराहरु लोकबहादुर खत्री, वीरबहादुर केसी, नारायण केसी, बुहारीहरु अंगिता केसी, जुना शाह केसी, कविता केसी, छोरीहरु निर्मला केसी बुढा, सुमित्रा केसी पुन तथा ज्वाइँ स्वर्गीय जयबहादुर बुढा र जोगेन्द्र पुनको परिवारले मन्दिर निर्माण गरेको हो ।
बुवाको सम्झना मन्दिर निर्माण गर्ने रहेकोले उहाँको सम्झनामा मन्दिर निर्माण गरेको जेठा छोरा लोकबहादुरले बताउनुभयो । आज उक्त मन्दिर हस्तान्तरण र उद्घाटन भएको छ । मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले मन्दिरको उद्घाटन गर्नुभयो । उक्त मन्दिर निर्माण गर्ने परिवारका सदस्यले क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमलाई मन्दिर हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण संगै क्याम्पस प्रमुख गौतमले मन्दिरमा रहेको शिलापत्र अनावरण गर्नुभएको थियो । साथै मन्दिरमा पुजापाठ समेत सुरु भएको छ । आज एक कार्यक्रमका विच मन्दिर हस्तान्तरण र उद्घाटन भएको हो । कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख हर्कबहादुर ओलीले गर्नुभएको थियो ।