Kakhara सबैको खबर सम्पूर्ण खबर
महिला ब्याडमिन्टनमा डिला र रामुकुमारीको जोडी प्रथम 
विजेता जाेडी ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को सिमाना बरापाटामा सहिद स्मृति मेलाको अवसरमा आयोजित महिला ब्याडमिन्टन डिला पुन र रामकुमारी विष्टको जोडीले जितेको छ । शनिबार भएको फाइनलमा शारदा चन्द र निर्मला विक मल्लको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै डिला र रामकुमारीको जोडी प्रथम भएको हो । प्रथम हुने जोडीले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै उप विजेता जोडीले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक मेला व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै कोपिला गुरुङ र आशा केसी तथा गीता विक र भिमकला मल्लको जोडी सेमिफाइनल सम्म पुगेको छ । आयोजकका अनुसार सेमिफाइनलमा पुग्ने जोडीले नगद ४/४ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ५ जोडीले प्रतिस्पर्धा गरेका थिए । 

पुरुष तर्फको प्रतिस्पर्धा भने जारी छ । पुरुष ब्याडमिन्टनको विजेता जोडीले नगद २० हजार, मेडल र प्रमाणपत्र पाउँदा दोस्रो बन्ने जोडीले नगद १५ हजार, मेडल र प्रमाणपत्र तथा सेमिफाइनलसम्म पुग्ने २ जोडीलाई समान नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । मेलाको अवसरमा महिला पुरुष भलिबल सहित अन्य कार्यक्रमहरु पनि चलिरहेको आयोजकले जनाएको छ । यो मेला हरेक वर्ष लाग्ने गरेको छ ।
 

312487756_822934185524506_3003540204499330005_n1666496763.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update