Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा राती ९ बजेपछि देउसी, भैलो खेल्न नपाइने 
गुगल फाेटाे ।

रुकुम पश्चिममा साती ९ बजेसम्म मात्र देउसी, भैलो खेल्न पाइने भएको छ । रातको ९ बजेपछि देउसी, भैलो नखेल्न भन्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निर्देशन जारी गरेको छ । आज एक सरुचना जारी गर्दै प्रशासनले रातको ९ बजेसम्म मात्र देउसी, भैलो खेल्न भनेको हो । 

त्यस्तै प्रशासनले तिहारका बेला भूइचम्पा, पटका, आतिसवाजी जस्ता विष्फोटक पदार्थहरुको ओसारपसार, बिक्रि वितरण र प्रयोग नगर्न पनि अनुरोध गरेको छ । मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानहरुमा होहल्ला र झैझगडा नगर्न, जुवातास, लंगुरबुर्जा जस्ता खेल खेल्ने खेलाउने नगर्न पनि सबैलाई सचेत बनाएको छ । 

निर्देशन विपरित गरेको पाइएमा कानून बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । तिहारलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सुरक्षित र मर्यादित तरिकाले मनाउन उहाँले सबै जिल्लावासीलाई अनुरोध गर्नुभएको छ ।  
 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update