रुकुम पूर्व प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का बागी उम्मेदवार केशव रावललाई सहिद परिवार समाज स्यालापाखाले स्वागत गरेको छ । आइतबार काठमाडौबाट स्यालापाखा चुनावी अभियान सुरुवात गर्नका लागि गृह वडामा पुग्नु भएका रावललाई सहिद परिवार समाज, स्थानीय, निवर्तमान जनप्रतिनिधि लगायत माओवादी केन्द्रका जिम्मेवार नेता कार्यकर्ताको समर्थनमा सहिद स्मृति भवनमा स्वागत गरेका हुन् ।
यहि स्यालापाखाको अभियानबाटै रावल चुनावी प्रचारप्रसार र घरदैलो अभियान सुरु गरिएको रावलले बताउनुभयो । आइतबार र सोमबार भुरुङ्गा टोल देखि स्यालापाखामा अभियान गर्ने उहाँले बताउनुभयो ।रावल नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँले जिल्लामा भएको गठबन्धनको नाममा गलत व्यक्तिको उम्मेदवारी परेकोले आफूले उम्मेदवारी दिएको बताउदै आउनुभएको छ ।
गृह वडा पुगेका रावलले रुकुमको विकास र समृद्धिका लागि उम्मेदवारी दिनुपरेको बताउनुभयो । रावलले थप्नुभयो गठबन्धन जोगाउन कांग्रेसलाई टिकट दिए पनि जसले कांग्रेस जोगाउन लागेका थिए ती मान्छे नभई कहिल्यै राजनीतिमा स्कुलिङ नभएको व्यक्तिले प्रवेश गरेको छ । यो जनयुद्ध तथा जनआन्दोलन उपलब्धिको रक्षाको विपरित भएकोले आफूले जनताको मर्म अनुसार बाध्य भएर उम्मेदवारी दिनुपरेको रावलले बताउनुभएको छ । उहाँ मङ्सिर ४ गतेको निर्वाचनमा जिप चिन्हबाट चुनावी प्रतिस्पर्धामा होमिनु भएको छ ।