Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व प्रदेश ‘क’ मा एमालेले गर्यो स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन 
स्वतन्त्र उम्मेदवार तथा उहाँकाे टाेली सित एमालेकाे टाेली ।

नेकपा एमाले रुकुम पूर्वले प्रदेश सभा क मा आफ्नो उम्मेदवारी निष्कृय पार्दै स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । एमालेले आफ्ना उम्मेदवार तेजेन्द्र बुढाको उम्मेदवारीलाई निष्कृय बनाउदै स्वतन्त्र उम्मेदवार सुरुल पुनलाई समर्थन गरेको हो । 

आज जिल्ला अध्यक्ष टोपबहादुर ओलीले इमान्दार नेता कार्यकर्तालाई वेवास्ता गर्दै पावरवालाई टिकट दिएको स्वच्छाचारी कदमका विरुद्ध आफ्नो पार्टीको उम्मेदवारी निष्कृय पारेर स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गरेको जानकारी गराउनुभएको छ । 

पार्टी भित्रका इमान्दार नेता, कार्यकर्ता, योद्धा, द्वन्द्वपीडित परिवार र पिछडिएको क्षेत्रका जनतालाई बेवास्ता गरि पटक पटक अवसर पाइरहेका पात्रलाई नै यस पटकको निर्वाचनमा पनि पार्टीले उम्मेदवार बनाएको भन्दै नेतृत्वको स्वच्छाचारी निर्णयको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिनुभएका सुरुल पुन (अजयशक्ति)लाई जिताउन नेकपा (एमाले)का प्रदेश सभा सदस्य उम्मेदवार तेजेन्द्र बुढाको उमेदवारी निष्क्रिय गरिएको छ, ओलीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

साथै एमालेले स्वतन्त्र उम्मेदवार पुनको चुनाव चिन्ह बिजुलीको बल्बमा मतदान गरी विजयी गराउन आफ्ना सबै कार्यकर्ता र मतदाताहरुलाई अनुरोध पनि गरेको छ । त्यस्तै एमालेले माओवादी भित्र चरम दक्षिणपन्थि, अवसरवाद, सत्ता लिप्सा, परिवारवाद, स्वच्छाचारी, सर्वसत्तावादी चिन्तन र कार्यशैली हावी भएको पनि एमालेले आरोप लगाएको छ । 

यसका विरुद्ध माओवादी भित्रका स्वाभिमानी सचेत नेतृत्व तथा कार्यकर्ता पक्तिले स्वतन्त्र उमेदवार खडा गरेर लिएको पहलकदमीलाई नेकपा (एमाले)को जनमतबाट साथ सहयोग पुरयाउँदा कम्युनिष्ट पार्टीभित्र मौलाईरहेको गलत प्रवृत्तिलाई पराष्ट गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ, विज्ञप्तीमा भनिएको छ । 

यसैवच एमाले रुकुम पूर्वले प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उमेदवार कैलाशकुमार मल्ल, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ख का उमेदवार भावना बुढाथोकी र समानुपातिक तर्फका उमेदवार सरिता पुनलाई भने पार्टीकै चुनाव चिन्हमा मतदान गर्न अपिल गरेको छ ।

टिकट वितरणमा विभेद भएको भन्दै रुकुम पूर्व प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तेजवहादुर ओली विरुद्ध पार्टीकै सुरुल पुन (अजयशक्ति)ले बागी उम्मेदवारी दिनुभएको छ । उहाँलाई पार्टीकै नेता कार्यकर्ताको ठूलो समूहले सहयोग गरिरहेको छ । अव एमालेले उहाँलाई समेत समर्थन गरेपछि उक्त क्षेत्रमा माओवादी माओवादीकै विचमा प्रतिस्पर्धा हुने भएको छ ।

 312870087_1467426733754571_2251632180650793740_n1666608961.jpg 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update