Kakhara सबैको खबर सम्पूर्ण खबर
सरकारले प्रतिबन्ध लगाएपनि रुकुम पश्चिममा खुलेआम प्लास्टिकका माला बिक्रि 
सदरमुकाम मुसिकाेटका पसलमा बिक्रि गर्न राखिएका प्लास्टिकका माला ।

नेपालीहरुको दोस्रो ठुलो महान चाड तिहारका लागि रुकुम पश्चिममा प्लास्टिकका माला धमाधम बिक्रि भइरहेका छन् । जिल्ला सदरमुकाम मुसीकोटका विभिन्न बजार क्षेत्र सेरिगाउँ, बागबजार, खलंगा, सल्ले लगायतका ठाउँमा धमाधम प्लास्टिकका फूलमाला बिक्रि वितरण भइरहेका छन् । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले भने प्लास्टिकका फूलमाला, गुच्छा उत्पादन तथा बिक्रि विरतरणमा रोक लगाएको छ ।

तर जिल्लामा भने प्लास्टिकका फूलमाला बिक्रि विरतरणमा कुनै प्रभाव परेको छैन् । बजारमा खुलेआम रुपमा प्लास्टिकका फूलमाला तथा सामग्री बिक्रि वितरण भइरहेका छन् । बजार क्षेत्र नै प्लास्टिकका फूलमालाले रंगिएका छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले यसप्रति कुनै चासो दिएको छैन् । 

प्लास्टिकका फूलमाला विक्रि वितरणमा रोक लगाएको सूचना प्राप्त भएपछि आफुले चासो चाखेपनि मन्त्रालयले जिल्ला प्रशासनलाई कुनै अधिकार नदिएकाले यस बारेमा केही गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । यसबारेमा प्रशासनलाई यसो गर भनेर कुनै निर्देशन नआएपछि केही गर्न नसकिएको उहाँले बताउनुभयो । 

सरकारले प्लाष्टिकका माला विक्रि वितरणमा रोक लगाउँदै प्लाष्टिकजन्य मालाको विक्रि वितरण नगर्न र गरेको पाइएमा एक लाख रुपैंयासम्म जरिवाना हुने व्यवस्था गरेकाे छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update