Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र लुम्बिनीले गर्यो रुकुम पूर्वका ७ नेतालाई कारबाही 

नेकपा माओवादी केन्द्र रुकुम पूर्वका ७ जना नेता कारबाहीमा परेका छन् । गठबन्धन विरुद्ध उम्मेदवारी दिएको, बागी उम्मेदवारलाई सघाएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले रुकुम पूर्वका ७ जना नेतालाई कारबाही गरेको हो । 

कारबाहीमा पर्नेमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय सदस्य रामसुर बुढा, प्रदेश सचिवालय सदस्य पुनिराज घर्ती, प्रदेश सदस्यहरु सुरुल पुन र संगम रोका तथा सिस्ने गाउँपालिका समिति सचिवालय सदस्य चन्द्रराज झाँक्री, विद्यार्थी संगठनका केशव रावल र जिल्ला समन्वय समिति सदस्य कालीप्रसाद रोका रहनुभएको छ । 

उहाँहरुलाई माओवादीले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छ । कारबाहीमा परेका मध्ये २ जनाले गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएका छन् भने अन्य बागी उम्मेदवारको पक्षमा खुलेर लागेका छन् । प्रदेश सदस्य सुरुल पुनले रुकुम पूर्व प्रदेश सभा ‘क’ मा र विद्यार्थी नेता केशव रावलले रुकुम पूर्वक प्रदेश सभा ‘ख’ मा बागी उम्मेदवारी दिनुभएको छ । 

गठबन्धन अनुसार प्रतिनिधि सभा र प्रदेश सभा क मा माओवादी केन्द्र र ख मा नेपाली कांग्रेसले भाग पाएको छ । तर यसबाट असन्तुष्ट हुँदै माओवादी केन्द्रका नेताले बागी दिएका छन् भने विभिन्न तहका नेता कार्यकर्ताहरु बागीका पक्षमा खुलेर लागेका छन् । 

आधिकारिक उम्मेदवार र गठबन्धनका विरुद्ध उम्मेदवारी दिने, स्वतन्त्र उम्मेदवारको पक्षमा अभियान चलाउने, वक्तव्य बाजी गर्ने, गुटबन्दी गर्ने जस्ता कृयाकलापमा संलग्न भएको भन्दै कारबाही गरिएको पत्र माओवादी केन्द्र लुम्बिनी प्रदेशले जिल्लालाई पठाएको छ ।

312805771_2270989996395950_2286733054700408226_n1666778221.jpg


 

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update