Kakhara सबैको खबर सम्पूर्ण खबर
कार्तिक १८ गते देखि रुकुम पश्चिमका टोल टोलमा मतदाता शिक्षा, सबै स्थानीय तहमा नमूना मतदान
गत वैशाख ३० गतेकाे स्थानीय तह निर्वाचन अघि संचालन गरिएकाे नमूना मतदान कार्यक्रममा सहभागी नमूना मतदाता ।

आगामि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि रुकुम पश्चिममा कार्तिक १८ गते देखि मंसिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको कार्यक्रम अनुसार कार्तिक १८ गते देखि मंसिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

निर्वाचन आयोगले वडा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भने पनि रुकुम पश्चिममा भने वडा हुदैँ टोल टोलसम्म सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार वडा हुदैँ टोल टोलसम्म महिला स्वयंसेविकाले मतदाताहरुलाई मतदान कसरी गर्ने, के भएमा मतपत्र बदर हुन्छ भन्ने लगायतका विषयमा शिक्षा दिनेछन् । 

मतदाता शिक्षा अन्तर्गत जिल्लाका ६ वटै पालिकामा नमूना मतदान कार्यक्रम पनि सञ्चालन गरिनेछ । नमूना मतदान भने प्रत्यक पालिकामा एक÷एक वटा हुने छन् । नमूना मतदानबाट मतदान कसरी गर्ने, मतपत्र कसरी पट्याउने, मत पेटिकामा मत कसरी खसाल्ने लगायतका विषयमा मतदातालाई बुझाईने छ । मतदानका बारेमा मतदातालाई राम्ररी बुझाउन सकिएमा आगामि निर्वाचनमा मत खेर जाने जोखिमलाई कम गर्न सकिने भएकोले नमूना मतदानको कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकारी मल्लको भनाई छ ।

सकेसम्म छिट्टै नमूना मतदान कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा भने  जिल्लामा एउटा मात्रै नमूना मतदानको कार्यक्रम भएको थियो ।। 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update