Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटको झोलुंगे पुलमा लाइट जडान गरिएपछि रातमा मान्छेको भिड 
रातकाे समयमा पुल अवलाेकणका लागि पुगेकाहरू ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको बराहटाकुरा र सल्लेलाई जोड्ने झोलुंगे पुलमा लाइट जडान गरिएपछि रातमा मान्छेको भिड लाग्न थालेको छ । २ सय ३८ मिटर लामो पुलमा मुसिकोट नगरपालिकाले लाइट जडान गरिदिएपछि पुलमा रातिको समयमा पनि मान्छेको भिड लाग्न थालेको हो । 

फोटो खिच्न, टिकटक बनाउन तथा पुलको अवलोकण गर्न मान्छेहरु राति अवेरसम्म पनि पुलमा पुग्ने गरेका छन् । साँझ सबेरै देखि राति अवेरसम्म पनि पुलमा मान्छेहरुको चहलपहल धेरै रहने गरेको छ । यसअघि बिहान उज्यालो भए देखि साँझ झमक्क नहुँदासम्म पुलामा मान्छेको चाप धेरै हुन गरेको थियो । 

अहिले भने दिन ढल्किदै गएपछि मान्छेको चाप बढ्न थालेको छ । पुलमा लाइट जडान गरिएपछि पुल रातको समयमा सुन्दर देखिन थालेको छ भने मान्छेको चाप बढेको छ । तर यसले सुरक्षा जोखिम भने बढाएको छ । राति अवेरसम्म पनि मान्छेहरु पुलमै झुम्मिन थालेपछि जोखिम बढेको हो । 

यसअघि पुलमा विभिन्न घटना भएका थिए । जसका कारण प्रहरीले पुलमा सुरक्षा दिनुपरेको थियो । अहिले झन रातको समयमा धेरै मान्छेहरु पुलमा जान थालेपछि थप जोखिम बढेको हो । पुलको सुरक्षाका लागि मुसिकोट नगरपालिकाले भने सिसी क्यामेरा जडानको तयारी भइरहेको जनाएको छ । पुलमा कुनै घटना नहोस भनेर सिसी क्यामेरा राख्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
Light 21667214046.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update