रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ मा रहेको बुढुमष्ट क्षेत्र विकास कोषको लागि एक व्यक्तिले बुबाको नाममा नगद सहयोग गर्नुभएको छ । बाँफिकोट गाउँपालिका–६ का गोर्ख कुसारीले बुबाको नाममा विकास कोषलाई नगद सहयोग गर्नुभएको हो ।
गोर्खले बुबा अमरसिङ कुसारीको नाममा एक लाख एक सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । बाँफिकोट–५ मा रहेको बुरालमष्ट मन्दिरको संरक्षण र प्रर्वद्धनको लागि कोषको स्थापना भएको र मन्दिरका सबै क्षेत्रमा कोष मार्फत काम हुने भएकाले कोषलाई आर्थिक सहयोग गरिएको हो । आर्थिक सहयोग गर्दै गोर्ख कुसारीले आफ्नो समाज सेवाको काम अन्तरगत मन्दिरको लागि सहयोग गरेको बताउनुभयो ।
बुबा अमरसिङको सपना पूरा गर्न आफू विभिन्न समाजिक काममा सक्रिय रहेको बताउदै कुसारीले मन्दिरमा आफूले गरेको सहयोगले मन्दिरको भौतिक पूर्वाधार विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा राख्नुभएको छ । जिल्लाको एक प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको बुरालमष्टको विकासको लागि अझै आफू गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता पनि गर्नुभएको छ । आफू अमेरिका भए पनि मन्दिरको विकासको लागि सधैँ लागि पर्ने बताउनुभयो ।
बुढुमष्ट क्षेत्र विकास कोषका अध्यक्ष धुब्रराज केसीले सहयोगदाता कुसारीलाई धन्यवाद दिनुभएको छ । मन्दिरको विकासको लागि कुसारीले गर्नुभएको सहयोग र कुसारीले मन्दिर प्रति राख्नुभएको सद्भावको उच्च मुल्याङ्कन हुने अध्यक्ष केसीले बताउनुभयो । उहाँले सहयोग गर्नुभएको रकमले मन्दिरको विकासको लागि ठुलो सहयोग पुगेको अध्यक्ष केसीले बताउनुभयो ।