Kakhara सबैको खबर सम्पूर्ण खबर
किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)

रुकुम पश्चिमको बाँफिकोट २ का ५५ वर्षिया मन्जित पौडेल बिहानको मिर्मिरे उज्यालो भएदेखी बेलुका अबेरसम्म खेतमा हुनुहुन्छ । उहाँलाई अहिले धान भित्र्याउने कामको चटारो छ । बाँफिकोट ३ का  कालीबहादुर बोहरा पनि तिहार यता खेत बारीमै व्यस्त हुनुहुन्छ । उहाँलाई पनि धान भित्र्याउने कामले सताएको छ ।  यी दुई जना किसान मात्र हैन् दशै तिहार जस्ता ठुला चाडपर्वहरु सकिएलगत्तै  किसानहरुलाई धान काट्ने र भित्र्याउने कामको  चटारो छ ।  

रुकुम पश्चिमका विभिन्न फाँटहरुमा यतिबेला किसान खेतमा व्यस्त छन् । जिल्लाको मुसिकाेटऽ चौरजहारी नगरपालिका, सानीभेरी र बाँफिकोट गाउँपालिका तथा आठबिसकोट नगरपालिकाका विभिन्न ठाउँमा धान पाकेर पहेँलै भएको छ । जेठ असार महिना तिर रोपेको धान पाकेर ठिक्क भएकाे छ । खेतका फाँटहरुमा धानका बाला लहलह झुलेका छन् ।   धान रुकुम पश्चिमकाे प्रमुख खाद्य बाली हाे । 

केही फाेटाेहरु:

312713287_472379674710511_8979903579136277809_n1667301002.jpg

312806562_680549093334190_4767151872446038984_n1667301003.jpg

 

312890941_1882074302132065_4242290111199358854_n1667301008.jpg

313206742_1807494336270136_4066043634889187696_n1667301010.jpg

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update