Kakhara सबैको खबर सम्पूर्ण खबर
म त वृद्धआश्रममा छु !!

        मुकुन्दप्रसाद शर्मा

मैले एक जना सय वर्षिय वृद्धलाई सोधे,
हजुरको सन्तानहरु खै ?
उनको जवाफ थियो -
जेठो छोरा अमेरिका छ 
कान्छो छोरा जापान छ 
जेठी छोरी अस्ट्रेलिया छ 
कान्छी छोरी क्यानडा छ 
अनि ज्वाइँ र बुहारीहरु 
उनीहरू पनि उतै छन् ।
मैले भने 
वाह ! तपाईं कति भाग्यमानी 
अनि मैले फेरी सोधे 
तपाईं कता हुनुहुन्छ त ?
वृद्धले आँसु झार्दै भने 
म त वृद्धआश्रममा छु ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update