Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रसिद्ध डिग्रे मेला आज देखि सुरु
फाइल फाेटाे ।

रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला सुरु भएको छ । मुसीकोट नगरपालिका ५, थर्पुमा रहेको डिग्रे शाइकुमारी मन्दिर परिसरमा आज हरिबोधनी एकादशिदेखि धार्मिक मेला सुरु भएको हो । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने भएपनि हरेक एकादशि देखि मेला सुरु हुन्छ । यो वर्ष कात्तिक २२ गते मुख्य मेला परेको छ । यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भएपनि आजबाट विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको संख्या पनि धरै हुन्छ । 

एकादशिदेखि चतुर्दशिसम्म विशेष पूजाआजा हुन्छ भने पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ । आज एकादशिका दिन र २२ गते पूर्णिमाको दिन बलि चढाउन मिल्दैन् । तर पुजाआजा भने हुने मेला व्यवस्थापन समितिले जनाएको छ । भोली देखि २१ गते चतुर्दशीका दिन सम्म भने बोकाको बलि चढाउने संगै पुजाआजा हुने गर्छ ।

Digre Mandir1624629312.jpg

यो जिल्ला तथा कर्णाली प्रदेशकै ठूलो धार्मिक मेला हो । यस मन्दिरमा रुकुम पश्चिम संगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ संगै अन्य जिल्लाका भक्तजनहरु पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन । यस मन्दिरमा दर्शन तथा पुजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विस्वास रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update