बाम–लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठक रुकुम पश्चिममा बसेको छ । बैठक पछि गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिएको छ । रुकुम पश्चिमको विकास र समृद्धिलाई नयाँ उचाइमा पर्याउनका लागि गठबन्धनलाई विजयी गराउन अपिल गरिएको हो ।
आज जारी गरिएको गठबन्धनको संयुक्त अपिलमा रुकुमको समग्र विकास र समृद्धिलाई अर्को उचाईमा पुर्याउन दलहरुबिचको आपसी एकता र सहकार्यलाई अझ बलियो बनाउन आवश्यक रहेको उल्लेख छ । वाम–लोकतान्त्रिक गठबन्धन रुकुमको क्रियाशिलताले रुकुमको विकास र समृद्धिलाई नयाँ उचाइमा उठाउने विश्वास व्यक्त गरिएको छ ।
रुकुमको समग्र विकास र समृद्धिको लागि वाम लोकतान्त्रिक गठबन्धनका पत्यक्ष तर्फका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्मा, प्रदेशसभा १ मा महेन्द्र केसी र प्रदेशसभा २ मा राजकुमार शर्मालाई उम्मेद्वारको रुपमा अघि सारिएको र उहाँहरुलाई विजयी गराउन आग्रह गरिएको छ ।
रुकुमको समग्र विकास र समृद्धिको यात्रालाई नयाँ उचाइमा उठाउदै समाजवाद निर्माणको नमूना जिल्ला बनाउने उद्देश्य पूरा गर्न प्रत्यक्ष तर्फ हसिया हथौडा र समानुपातिक तर्फ आ आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न संयुक्त अपिल गरिएको छ ।
नेपाली कांग्रेसका कार्यवाहक जिल्ला सभापति हर्कसिंह खत्री, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा, नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रशाराम खत्री र राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले संयुक्त अपिल जारी गर्नुभएको हो ।