Kakhara सबैको खबर सम्पूर्ण खबर
अव गोपालजि जंगको अभिभावकत्वमा रुकुममा विकासको नयाँ यात्रा सुरु भयोः जनार्दन 

अर्थमन्त्री तथा रुकुम पश्चिमबाट बाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुमको विकास र समृद्धिका लागि आफुहरुको उम्मेदवारी रहेको दोहोर्याउनुभएको छ । आज गठबन्धनका निर्णय सार्वजनिक गर्न मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले अव रुकुममा दुई अभियान संचालन हुने उहाँले बताउनुभयो । 

उत्पादन, रोजगारी र समृद्धिको अभियान तथा सामाजिक, साँस्कृतिक रुपान्तरणको अभियान मार्फत जिल्लाको गुणात्मक विकास गर्ने उहाँले बताउनुभयो । जिल्लामा धेरै विकास भएको भएपनि अहिलेको आवश्यकता अनुसार त्यो अपुग रहेकोले थप विकासको आवश्यकता रहेको उहाँको भनाई छ । 

साथै उहाँले अव रुकुमले नयाँ विकासको यात्रा चुम्ने दाबी गर्नुभयो । त्यसको अभिभावक गोपालजि जंग शाह रहेको समेत उहाँले बताउनुभयो । सबै दल मिलेर हालसम्म जिल्लाको विकास गरिरहेको र अव भने गोपालजि जंग शाहको अभिभावकत्वमा नयाँ यात्रा सुरु भएको माओवादी नेता समेत रहनुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माको भनाई छ ।   

यसैविच कांग्रेस नेता, पूर्व राज्य मन्त्री तथा गठबन्धनका रुकुम पश्चिम निर्वाचन परिचालन समितिका संयोजक गोपालजि जंग शाहले सबै मिलेर गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । गठबन्धन जिल्लाका लागि मात्र नभई राष्ट्रिय आवश्यकता भएकोले सबैले गठबन्धनलाई सफल पार्नुपर्ने उहाँको भनाई छ । 

जनार्दन र आफु सधैको प्रतिस्पर्धी भएपनि यो पटक जिल्लाको समृद्धिका लागि एक ठाउँमा रहेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले जनार्दन शर्माको पहलमा रुकुमले विकासमा फड्को मारेको पनि बताउनुभएको थियो । साथै आफु अहिले नै विश्राम गर्ने पक्षमा नरहेको र कम्तिमा ५ वर्षसम्म जिल्लाका लागि केही गर्ने सोँचमा रहेको पनि उहाँले बताउनुभएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update