बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमले आज त्रिवेणी गाउँपालिकाको पेउघामा चुनावी सभा गर्दै छ । हिजोबाट चुनावी सभा सुरु गरेको गठबन्धनले आज पेउघामा संयुक्त चुनावी सभा गर्न लागेको हो ।
गठबन्धनले हिजो चौरजहारी नगरपालिकाको खोलागाउँमा संयुक्त सभा गरेको थियो । गठबन्धनले मंसिर १ गतेसम्म जिल्ला भरमा १० वटा सभा गर्ने गरी तालिका बनाएको छ । जसअनुसार आज पेउघामा चुनावी सभा हुन लागेको गठबन्धनले जनाएको छ ।
चुनावी सभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, गठबन्धनका जिल्ला निर्वाचन परिचालन समितिका संयोजक गोपालजि जंग शाह, गठबन्धनका प्रदेश सभा ख का उम्मेदवार राजकुमार शर्मा, समानुपातिक तर्फका उम्मेदवार र गठबन्धन दलका नेताहरुको सहभागिता रहने बताइएको छ ।
गठबन्धनको पहिलो बैठक बसेर आगामि निर्वाचन लक्षित कार्यक्रमहरु तय गरेका थियो ।