रुकुम पश्चिमको सदरमुकाम मुसीकोट सहितका ठाउँमा शनिबार बिहान देखि अवरुद्ध भएको बिद्युत सेवा आज अपरान्ह पछि सुचारु भएको छ । सल्यानको बागचौर नगरपालिकाको रारेचौरमा सल्लाको रुख ढल्दा अवरुद्ध भएको बिद्युत सेवा आजबाट सुचारु भएको हो । शनिबार बिहान स्थानीयले ढालेको सल्लाको रुखले नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाईनमा क्षेति गर्दा शनिबार बिहानै देखि बिद्युत सेवा अवरुद्ध भएको थियो । रुखले पोल ढल्नुका साथै तार चुँडिएको थियो ।
रुखले ढालेको पोल गाडेर तार जोडिएपछि बिद्युत सेवा पुनः सुचारु भएको नेपाल बिद्युत प्राधिरण बितरण केन्द्र मुसीकोटका प्रमुख त्रिलोचन भटराईले जानकारी दिनुभयो । बिद्युत अवरुद्ध हुदा हिजो र आज दिनभर जिल्ला सदरमुकाम लगायत ठाउँका उपभोक्ताहरु मारमा परेका थिए । विद्युतबाट संचालन हुने उद्योग कलकारखाना तथा विद्युतबाट हुने अन्य साना ठुला सबै कामहरु ठप्प भएका थिए । जसका कारण उपभोक्ताहरुको दैनिकीमा प्रभाव परेको थियो । मोबाईल चार्ज गर्न लाईनमा बस्नुपर्ने बाध्यता रहेको थियो । भने व्यापार व्यवशायमा नकारात्मक असर परेको थियो ।