Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे मन्दिरमा आज ३ सय ६० बोकाको बलि दिइयो, १० हजार बढीले दर्शन गरे  

रुकुम पश्चिमको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाइकुमारी मन्दिरमा आज साढे ३ सय बोकाको बलि दिइएको छ । हिजो देखि डिग्रे मेला संगै मन्दिरमा विशेष पुजाआजा र दर्शन सुरु भएपनि बलि भने आजबाट मात्र खुलेको थियो । बलि खुलेको पहिलो दिन आज ३ सय ६० वटा बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

आज दोस्रो दिन करिब १० हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेको पनि समितिले जनाएको छ । पहिलो दिनको तुलनामा आज दर्शन गर्नेको भिड ठूलो रहेको समितिको भनाई छ । मन्दिरमा हरेक वर्षको हरिवोधनी एकादशी देखि कार्तिक पूर्णिमाका दिनसम्म मेला र विशेष पुजाआजा तथा बलि चढाउने गरिन्छ । यो वर्ष १८ गतेबाट सुरु भएको मेला कार्तिक २२ गतेसम्म लाग्ने छ । 

भोली र पर्सी पनि मन्दिरमा पुजाआजा र बलि दिन मिल्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । २२ गते भने डिग्रे मन्दिर परिषरमा भव्य मेला लाग्ने छ । उक्त दिन पुजाआजा खुला भएपनि बलि दिन भने नमिल्ने समितिले बताएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update