हरप्लेसको अध्यक्षमा पुनः सुनिता
मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस) नेपालको २२ औं साधारणसभा तथा अधिवेशन मुसिकोटमा सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । हरप्लेसको अध्यक्षमा पुनः सुनिता बि.एम. निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा धनराज विक, सचिवमा गोकर्ण खड्का, सह–सचिवमा कुलराज थारू र कोषाध्यक्षः मोतिराम विक निर्वाचित हुनुभएको छ ।
त्यस्तै कार्य समिति सदस्यहरुमा महेश केसी, मनिषा केसी, वसन्ती परियार र सीता पुन निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमको प्रमुख उपस्थितिमा हरप्लेसको २२ औं साधारण सभा तथा अधिवेशन मुसिकोट खलंगामा भएको हो ।।
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९ १८:४८
प्रतिक्रिया दिनुहोस्