Kakhara सबैको खबर सम्पूर्ण खबर
काठमाडाैंबाट रूकुम आउँदै गरेकाे वस त्रिसुलीमा खस्याे, घाइतेकाे उद्धार हुँदै

काठमाडौंबाट रुकुम पूर्वकाे रुकुमकाेट आउँदै गरेकाे बस त्रिशुलीमा खसेको छ। शनिबार साँझ सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिनुभयाे ।

बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताउनुभयाे । दुर्घटना हुँदा चालकसहित १६ जना घाइते छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ। बस त्रिशुली किनारमै रहेकाे छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update