Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्वाचन आचारसंहिता सम्बन्धी अभिमुखीकरण
अभिमुखीकरण कार्यक्रममा सहभागीहरू । तस्बिरः कखरा ।

रुकुमपूर्वमा पनि निर्वाचनमा सञ्चार माध्यमको भूमिका र निर्वाचन आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगले हालसम्म गरेका गतिविधि, सञ्चार माध्यमको भूमिका, पत्रकारले गर्नुपर्ने आचारसंहिता लगायतको विषयमा प्रस्ट्याइएको हो । 

अभिमुखीकरण कार्यक्रम उद्घाटनका क्रममा मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले निर्वाचनका गतिविधिलाई मिडियाले निष्पक्ष ढङ्गले समाचार प्रकाशन तथा प्रसारण गर्न अपिल गर्नु भएको छ । मिडियाको बलमा कुनै कसै प्रति लक्षित हुने गरी समाचार तयार गर्न नहुनेमा घिमिरेले जोड दिनुभयो । यसैगरी प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले पनि निःस्वार्थ रूपमा विषयवस्तुमा केन्द्रीत भइ मिडियाकर्मीले भुमिका हुनु पर्ने बताउनुभयो । मिडियाले सम्बन्धित निकाय तथा सरोकारवालाको आवाज आम नागरिक माज पु¥याउने भएकाले सत्य, तथ्य एवम् नियम सम्बद्ध तरिकाले समाचार सङ्कलन गर्नु पर्ने प्रजिअ सुनुवारले सुझाव दिनु भएको छ । 

अभिमुखीकरण कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओली र रासस जिल्ला समाचारदाता सर्जना कार्कीले गर्नुभएको थियो । 

 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update