सिंहद्धारा आफ्नो उम्मेदवारी निष्कृय गर्दै रावललाई समर्थन
रुकुमपूर्व प्रदेश निर्वाचन क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार पूर्णजंङ सिंहले आफ्नो उम्मेदवारी निष्कृय गर्नु भएको छ । सिंहले आफ्नो उम्मेदवारी निष्कृय गर्दै अर्का स्वतन्त्र उम्मेदवार केशव रावललाई समर्थन गर्नु भएको हो ।
स्वतन्त्र उम्मेदवार रावल र आफ्नो एजेन्डा मिले पछि आफूले आफ्नो उम्मेदवारी निष्कृय गर्दै रावललाई समर्थन गरेको सिंहले बताउनुभयो । विद्यार्थी जीवन देखि हाल सम्म पनि सक्रिय राजनीतिकमा रहनु भएको र वास्तविक जनताका मुद्दालाई सम्मान गर्दै चुनावी मैदानमा आउनु भएको रावललाई आफ्नो समर्थन रहेको सिंहको भनाइ रहेको छ । आइतबार रुकुमकोटमा पत्रकार सम्मेलन गरी सिंहले आफ्नो उम्मेदवारी निष्कृय गर्दै रावललाई समर्थन गर्नु भएको हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९ १८:२८
प्रतिक्रिया दिनुहोस्