Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे मेला सकियो (फोटो फिचर)

रुकुम पश्चिमको प्रमुख डिग्रे मेला आज सम्पन्न भएको छ । ५ दिन अघि कार्तिक १८ गते हरिबोधनी एकादशीका दिन देखि सुरु भएको मेला आज सकिएको हो । मेलाको अन्तिम दिन आज मुसिकोट नगरपालिका वडा नम्बर ५ थुर्पूमा अवस्थित डिग्रे शाइकुमारी मन्दिर परिषरमा भव्य मेला लागेको छ । 

IMG_02431667909658.jpg

आज बिहानै देखि मेला भर्नका लागि रुकुम पश्चिमका गाउँ गाउँ तथा छिमेकी जिल्लाहरुबाट समेत मान्छेहरु मेला स्थलमा पुगेका थिए । यो वर्ष करिब डेढ लाखले मेला भर्नुका साथै मन्दिरमा पुजाआजा, दर्शन र बलि दिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्ष करिब करिब उस्तै उस्तै हाराहारीमा दर्शनार्थिहरु मेलामा पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

IMG_03561667909663.jpg

मन्दिर व्यवस्थापन समितिका पूर्व सचिव केदार गौतमका अनुसार रुकुम पश्चिम सहित रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोट, दाङ, सुर्खेत लगायत जिल्लाका दर्शनार्थीहरु पुजाआजा, दर्शन, बलि दिन तथा मेला भर्न पुगेका छन् । त्यस्तै यो वर्ष मन्दिरमा करिब ११ सय बोकाको बलि चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

IMG_01921667909652.jpg

यो गतवर्षको तुलनामा डेढ सयले कम हो । गतबर्षको मेलामा १२ सय ६५ वटा बलि चढाइएको थियो । यो वर्ष दशैं, तिहार देखि नै बलि चढाएका कारण मेलाको अवसरमा केही कम बलि चढेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । डिग्र शाइकुमारीको पुजापाठ, दर्शन तथा मन्दिरमा बलि चढाएमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रही आएको छ । 

IMG_01611667909651.jpg

मन्दिरमा वर्षैभरि पुजापाठ तथा दर्शन गर्न मिल्छ । तर हरेक वर्षको हरिबोधनी एकादशी देखि कार्तिक पूर्णिमासम्मको सयमलाई भने विशेष मानिन्छ । मन्दिरमा हरेक वर्ष ५ दिन विशेष पुजाआजा, बलि र दर्शन गर्ने गरिन्छ । मेलाको अन्तिम दिन मन्दिर परिषरमा भव्य मेला संगै डिग्रे मेला सम्पन्न हुन्छ । 

IMG_03731667909665.jpg

मेलामा विभिन्न स्थानीय नाच तथा झाँकी र पराम्परागत अनौठो सगाल नाच प्रदर्शन गरिन्छ । मुसिकोट नगरपालिकाको साँख र आसपासका क्षेत्रबाट बाजागाजा सहित हात हातमा लठ्ठी लिएर आएका व्यक्तिहरु मेलामा लठ्ठी नचाएर नाँच्छन् । मन्दिरलाई भूत प्रेटबाट जोगाउन यो नाचको सुरुवात भएको मानिन्छ । यो नाच नाचेसंगै मेला औपचारिक रुपमा समापन हुन्छ ।

IMG_03881667909666.jpg

IMG_03591667909663.jpg

IMG_02851667909661.jpg

IMG_02741667909660.jpg

IMG_02511667909658.jpg

IMG_02191667909655.jpg

IMG_01611667909651.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update