Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्वाचनलाई लक्षित गर्दै रुकुम पश्चिममा मदिरा निषेध

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न रुकुम पश्चिममा मदिरा सेवन, बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको छ । जिल्ला प्रशाशन कार्यालयले आज एक सूचना जारी गर्दै कात्तिक २७ गते देखि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म मदिरा सेवन, बिक्रि वितरण तथा ओसार पसारमा पूर्णरुपमा रोक लगाएको जानकारी गराएको छ ।

गृह मन्त्रालयको भदौ ३० गतेको पत्र मार्फत प्राप्त निर्देशन अनुसार जिल्ला सुरक्षा समितिको आजको निर्णय अनुुसार निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नको लागि  मदिरा सेवन, बिक्रि वितरण तथा ओसारपसारमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

यदी कोही कसैले सूचनाको बर्खिलाप हुने गरी निषेधित अवधिमा मदिरा सेवन, बिक्री वितरण तथा ओसारपसार गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update