Kakhara सबैको खबर सम्पूर्ण खबर
आइ.एम.ई लाइफ इन्स्योरेन्स रुकुमद्धारा उत्कृष्ट अभिकर्तालाई सम्मान 

आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रुकुमले उत्कृष्ट काम गर्ने अभिकर्तालाई सम्मान गरेको छ । शनिवार मुसिकोटमा आयोजित ब्रान्च स्टार अवार्ड कार्यक्रम मार्फत कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गर्नुभएको हो । 

आर्थिक वर्ष २०७८/०७९ मा रुकुम शाखाबाट आफ्नो टिममा उत्कृष्ट कार्य गर्न सफल बिन्दु ओली केसी, सबिना पुन मगर र दिलिप केसीलाई सम्मान गरिएको हो । व्यक्तिगत व्यवसायमा उत्कृष्ट काम गर्ने लोकबहादुर बस्नेत, शोभा पुन र शसिराम केसीलाई पनि सम्मान गरिएको छ । 

त्यस्तै विभिन्न विधामा उत्कृष्ट काम गर्ने चक्रबहादुर केसी, तेजकुमारी पाण्डे सहित ३० जनालाई पनि सम्मान गरिएको छ । बिकट वस्तिहरूमा बीमाको पहुँच अझै नपुगेको, बीमालाई प्रचार गर्न सकिएमा र चेतनाको विकास गर्न सकिएमा बीमा व्यवसायको सम्भावना राम्रो रहेको प्रमुख कार्यकारी अधिकृत फुयालले बताउनुभयो । 

रूकुम शाखा प्रमुख प्रशान्त महताराले संचालन गरेको कार्यक्रमका सहभागीहरुलाई कम्पनीका तालिम विभाग प्रमुख सुनिल आचार्य प्रशिक्षण दिनुभएको थियो ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update