Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र रुकुम पूर्वले गर्यो ९ जना नेता कार्यकर्तालाई कारबाही 

नेकपा माओवादी केन्द्र रुकुम पूर्वले ९ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । गठबन्धनको केन्द्रीय नीति विपरित गएको भन्दै पार्टीले आज ९ जनालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छ । कारबाहीमा पर्नेमा प्रदेश सल्लाहकार देखि पार्टी सदस्य सम्म रहेका छन् । 

पार्टीले लुम्बिनी प्रदेश सल्लाहकार सदस्य जगत घर्ती, सिस्ने गाउँ समिति सचिव कर्णबहादुर खत्री, जिल्ला समन्वय समिति सदस्य तथा पूर्व कार्यालय सचिव रुपेन्द्र मल्ल, सिस्ने गाउँ समिति सदस्यहरु खर्कसिंह थापा, विवेक खड्का, बिष्णुजंग शाह, गणेश बुढा र अमृते बुढा तथा पार्टी सदस्य नरहरी खड्कालाई कारबाही गरेको हो । 

कारबाहीमा पर्ने मध्यमा नरहरी खड्काले प्रदेश सभा ख मा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उनिहरुलाई गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिने दिने, बागी उम्मेदवारको प्रस्तावक र समर्थक बनि चुनाव प्रचार प्रसार कार्यक्रम गर्ने, पार्टीको नेतृत्व पंक्ति विरुद्ध भ्रामक प्रचारबाजी गरेको भन्दै कारबाही गरिएको पार्टीले आज प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । 

जिल्ला इन्चार्ज तेजबहादुर ओली प्रतिकले कारबाही गरिएको विज्ञप्ती जारी गर्नुभएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘क’ माओवादीलाई र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । प्रदेश सभाका दुवै क्षेत्रमा गठबन्धन विरुद्ध बागी उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update