नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पाँच दलीय गठबन्धनको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तेजबहादुर ओलीले जनताको माग पूरा गर्ने बताउनुभएको छ । मंगलबार भूमे गाउँपालिका–७ गुनाममा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै त्यहाँका जनताले राखेको माग पूरा गर्ने बताउनुभएको हो ।
गुनामका नागरिकले भोट माग्न त्यहाँ पुग्नुभएका उम्मेदवार ओलीलाई विभिन्न विकासका मागहरु राखेका छन् । गुनामा सडक सञ्जालको विकास विस्तारसँगै स्वास्थ्यचौकी निर्माण र विद्यालयको संरचना निर्माणको माग गरेका छन् । गुनामबासीले राखेको मागलाई प्रतिबद्ध रहेर पूरा गर्ने बाचा गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै इतिहास देखि नै देश संकटमा पर्दाखेरी प्रतिगमनकारीको विरुद्धमा गठबन्धन हुँदै आएको बताउदै उम्मेदवार ओलीले गठबन्धन शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।