Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा अब एसबीए तालिम केन्द्र
चौरजहारीमा आयोजित एसबीए तालिममा सहभागिहरु ।

रुकुम पश्चिमको चौरजहारीमा पहिलो पटक स्टाफ नर्स स्वास्थ्यकर्मीका लागि २ महिने दक्ष प्रसुतिकर्मी तालिम सुरु भएको छ । रुकुम पश्चिमका प्रसुती गृहमा कार्यरत स्टाफ नर्सहरुका लागि मंगलबारबाट चौरजहारी अस्पतालमा तालिम सुरु गरिएको हो । सुरक्षित मातृत्व, सुरक्षित मातृत्व सम्बन्धी समस्याको पहिचान, समयमा निदान, व्यवस्थापन तथा गम्भिर प्रकृतिका गर्भवती आमाहरुलाई प्रेसन गर्ने विषयमा तालिम केन्द्रित रहने प्रशिक्षक सुष्मा घर्तिमगरले जानकारी दिनुभयो ।

तालिममा रुकुम पश्चिमका ३ नगरपालिका मध्य २ नगर र ३ गाउँपालिकाबाट एक एक जना स्टाफ नर्स र चौरजहारी अस्पतालमा कार्यरत १ जना स्टाफ नर्स गरी ६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाको आयोजना स्वास्थ्यका लागि सक्षम प्रणालीको सहकार्य र मानव विकास तथा सामुदायिक सेवाको समन्वयमा तालिम संचालन गरीएकोे छ ।

रुकुम, सल्यान, र जाजरकोट जिल्लाको केन्द्रको रुपमा चिनिने चौरजहारीमा पहिलो पटक दक्ष प्रसुतिकर्मी तालिम संचालनको केन्द्र तोकिएको हो । अस्पतालले सुरक्षित मातृत्व सेवामा आशातित लक्ष्य हाँसिल गरेपछि स्थानीय सरकार र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले अस्पतालमा दक्ष प्रसुतिकर्मी तालिम संचालनको लागि अनुमति दिएको स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाहीले बताउनुभयो ।

दक्ष प्रसुतिकर्मी तालिमउद्घाटन कार्यक्रममा बल्दै प्रमुख शाहीले पहिलो चरणका लागि रुकुम पश्चिमका नर्सिगंहरुलाई तालिममा सहभागी बनाईए पनि दोस्रो चरण देखि सल्यान जाजरकोट र डोल्पा जिल्लाबाट पनि तालिममा सहभागी गराउने लक्ष्य राखेको जानकारी दिनुभयो । प्रदेश अस्पताल सुर्खेतका स्वास्थ्यकर्मी शकुन्तला खनाल, स्वास्थ्यका लागी सक्षम प्रणालीमा कार्यरत स्वास्थ्यकर्मी सुष्मा घर्तिमगर तालिमको प्रशिक्षकमा रहेका छन भने सहप्रशिक्षकमा चौरजहारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लक्ष्मी शाह र यमुना शर्मा रहेका छन ।

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update