Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा निर्वाचन तयारी पूरा 
फाइल फाेटाे ।

जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले मंसिर ४ गते हुन लागेको  प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा गरेको छ । जिल्लाका सबै मतदान स्थलमा मतपत्र र निर्वाचन सामाग्री सहित सुरक्षाकर्मी र कर्मचारी पुगिसकेका छन् । 

मतदान स्थलमा पुगेका मतदान अधिकृतले सर्वपक्षीय बैठक मार्फत  मतदान केन्द्रको क्षेत्र तोक्ने,  प्रचारप्रसार निषेध र शान्ति सुरक्षा कायम राख्ने सम्बन्धीको सूचना प्रकाशनको तयारी गरिरहेको  जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।  मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले दुई दिनभित्र मतदान केन्द्र निर्माण गर्ने उहाँले बताउनुभयो । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सुरक्षा प्रबन्ध मिलाइसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । निर्वाचन विथोल्ने, वहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाकधम्की दिने लगायत कार्य रोक्न आवश्यक सुरक्षा रणनीति सहित सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी डाँगीले बताउनुभयो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update