Kakhara सबैको खबर सम्पूर्ण खबर
ऐतिहासिक ठाउँ लाबाङबाट सिस्ने हिमाल नियाल्दा (फाेटाे फिचर)

      दिलचन पुन 

यो हो लुम्विनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्व को भुमे गाउँपालिका वडा नम्बर ७ मा पर्ने लावाङ गाउँ । धर्मशाला, गुनाम, रिसाल, भित्रवन र लाबाङ गरी भुमे गाउँपालिकाको ७ नम्बर वडा बनेकाे छ । वडा कार्यालय रहेकाे धर्मशालाबा लाबाङ पुग्न सवारी साधनमा १५ मिनेट जति लाग्छ।

20221117013402_IMG_7832-011668843069.jpeg

यो गाउँ भौगाेलिक रूपमा जति सुन्दर छ त्यति नै यो गाउँ कला संस्कृतिले धनी छ। अधिकांश मानिस खेती किसान गरेर नै जीविका चलाउने गर्छन् । यो गाउँको इतिहाँस पनि छ। जनयुद्ध थालनीका रुपमा रूकुम रोल्पाको गाउँहरुमा यो गाउँ पनि पर्छ ।

 

20221117013324_IMG_78301668843772.JPG

पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईलाई नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठकले कारबाही गरेको ठाउँ पनि यही हो । जनयुद्ध थालनी भएकाे यो गाउँमा अहिले गुरिल्ला पदमार्गकाे विकास भएकाे छ । याे गाउँ पर्यटकीय हिशावले सम्भावना बाेकेकाे ठाउँ हाे । टन्न गुरूप्पै मिलेका एकै प्रकारका घर र गाउँकाे रहनसहन तथा संस्कृति सबैकाे मन लाेभ्याउने खालकाे छ । 

20221117012622_IMG_78251668843771.JPG

गाउँबाट छर्लंगै देखिने सिस्ने हिमालले झन गाउँकाे सुन्दरता थपेकाे छ । चाँदी झै टलक्क टल्किने सिस्ने हिमाल र ग्रामिण रहनसहन अवलाेकनका लागि याे उपयुक्त ठाउँ हाे । याे ठाउँमा पुग्न मध्यपहाडी लाेकमार्ग र सहिद मार्गकाे प्रयाेग गर्न सकिन्छ । भूमे गाउँपालिका २ खावाङ बजरसम्म मध्यपहाडी लाेकमार्ग भएर पुग्न सकिन्छ भने त्यहाँबाट सहिद मार्ग भएर महत हुँदै लाबाङ पुग्न सकिन्छ भने दाङ, राेल्पा हुँदै सहिद मार्गबाट राेल्पाकाे थबाङ हुँदै लाबाङ पुग्न सकिन्छ । 

20221117035549_IMG_78451668843989.JPG

फाेटाे, शब्द दिलचन पुन 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update