प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन
रूकुम पश्चिममा तारजाली लगाएर मत गणना स्थल निर्माण
रुकुम पश्चिममा मत गणना स्थल निर्माण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा मतगणना स्थल निर्माण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला भरको मतपत्र यही संकलन गरेर मतगणना गरिने छ ।
तारजाली लगाएर मतगणना स्थल निर्माण गरिएको हो । निर्वाचन आयोगले यो पटक मतगणना स्थलमा तारजाली अनिवार्य नगरेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले तारजाली लगाएर मतगणना स्थल निर्माण गरेको हो ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतगणना स्थल निर्माण गरिएको बताइएको छ । त्यस्तै मतगणना स्थलमा सिसी क्यामेरा समेत जडान गरिएको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका बेला पनि तारजाली र सिसी क्यामेरा सहित कडा सुरक्षाका साथ मतगणना स्थल निर्माण गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९ १८:३८
प्रतिक्रिया दिनुहोस्