Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा १ लाख ४ हजार बढी मतदाताले भाेट खसाल्दै
फाइल फाेटाे ।

भोली आइतबार हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिमबाट १ लाख बढी मतदाता सहभागि हुँदै छन् । जिल्लाका १ सय ३९ वटा नियमित मतदान केन्द्रमा पुगेर जिल्ला भरमा १ लाख ४ हजार २ सय ८० जना मतदाताले आफुले मन पराएका उम्मेदवार र पार्टीलाई भोट हाल्दै छन् । 

कुल मतदाता मध्य महिला ५१ हजार ५ सय ४४ र पुरुष ५२ हजार ७ सय ३५ तथा अन्य १ जना रहेका छन् । जिल्लामा एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि जिल्लामा रहेका सबै मतदाताले मतदान गर्न पाउने छन् भने प्रदेश सभा सदस्यका लागि प्रदेश निर्वाचन क्षेत्रमा रहेका मतदाताले भोट हाल्न पाउने छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा क्षेत्र नम्बर (क) मा ५२ हजार ८ र निर्वाचन क्षेत्र नम्बर (ख) मा ५२ हजार  २ सय ७२ मतदाता रहेका छन् । त्यस्तै यो बाहेक १ हजार ३ सय बढी अस्थायी मतदाता रहेका छन् । कर्मचारी र सुरक्षाकर्मी लगायत अस्थायी मतदाता नामावलीमा नाम भएका मतदाताहरुले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने छन् ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update