Kakhara सबैको खबर सम्पूर्ण खबर
सांसदहरु विचमा संयुक्त छलफल गरौंः प्रभाकर
फाईल फाेटाे

नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपाका सबै सांसदहरुबीच संयुक्त छलफल गर्न प्रस्ताव गर्नुभएको छ । संसद पुनःस्थापनापछि प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको भन्दै उहाँले सचिवालय सदस्यहरु बाहेकका सांसदबीच छलफल गर्न प्रस्ताव गर्नुभएको हो ।

जनमतको सम्मान र जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको उहाँको भनाइ छ । ‘सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु,’ शर्माले भन्नुभयो ।’

उहाँले यो छलफल प्रतिनिधिसभा बैठक अगाडि नै हनुपर्ने बताउनुभएको छ । साथै उहाँले यो छलफल कसै विरुद्धको हस्ताक्षर वा नेतृत्वको पक्षमा नभएर सांसदहरुको साझा सुझाव तयार गर्ने अर्थमा भएको समेत स्पस्ट पार्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update