Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वको रुक्मिणि मावि मतदान स्थलमा मतदान रोकियो 
विवाद मिलाउने प्रयास हुँदै ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ को रुक्मिणि मावि मतदान स्थलमा मतदान रोकिएको छ । अशक्त मतदाताको वारेस तोक्ने सम्बन्धमा विवाद हुँदा मतदान रोकिएको हो । अशक्त मतदाताको वारेस तोक्ने विषयमा स्वतन्त्र उम्मेदवार पक्षकाले प्रश्न उठाएपछि विवाद सृजना भएको र उक्त विवाद मिलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । ठूलो समस्या नभएको र समाधानको प्रयास भइरहेको उहाँको भनाई छ । यो मतदान स्थलमा तीन वटा मतदान केन्द्रहरु रहेका छन् । अहिले तीन वटै मतदान केन्द्रमा मतदान रोकिएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update