रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ को रुक्मिणि मावि मतदान स्थलमा केही छिन रोकिएको मतदान पुनः सुरु भएको छ । अशक्त मतदाताको वारेस तोक्ने सम्बन्धमा विवाद हुँदा मतदान रोकिएको थियो ।
अशक्त मतदाताको वारेस तोक्ने विषयमा स्वतन्त्र उम्मेदवार पक्षकाले प्रश्न उठाएपछि विवाद सृजना भएको थियो । जसका कारण केही समय मतदान रोकिन पुगेको थियो । तर यसविषयमा नियमानुसार नै गर्ने सहमति भएपछि अहिले मतदान चलिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।
आँखा नदेख्ने, निर्वाचन चिन्ह छुट्याउन नसक्ने लगायतका अशक्त र जेष्ठ नागरिकको हकमा उनिहरुले इच्छाएका व्यक्तिहरुले भोट हालिदिन पाउँछन् । यसलाई विवादको विषय नबनाउने र नियमानुसार नै गर्ने सहमति भएको डिएपी डाँगीको भनाई रहेको छ । विवाद भएपछि यो मतदान स्थलका तीन वटै मतदान केन्द्रमा केही समय मतदान रोकिएको थियो ।