रुकुम पश्चिममा ६४ जना कैदीबन्दीले मतदान गरेका छन् । उनिहरुका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र राखिएको थियो । जसमा जिल्ला कारागारमा रहेका ६४ जना कैदीबन्दी र ३ जना कर्मचारी गरी ६७ जनाले मतदान गरेको मतदान अधिकृत लक्ष्मण विकले जानकारी दिनुभयो ।
जिल्ला कारागारमा रहेका ६६ जना कैदीबन्दीको मतदाता नामावली भएपनि दुई जना कैदीबन्दी भने उपचारका लागि गएकोले ६४ जना मतदानमा सहभागि भएको उहाँको भनाई छ । उनिहरुले समानुपातिक तर्फ मतदान गरेका हुन् । कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी लगायतका लागि समानुपातिक तर्फ मतदानको अधिकार दिइएको छ ।
त्यस्तै मुसिकोट खलंगाको बराहटाकुरामा रहेको अर्को अस्थायी मतदान केन्द्रमा ७८ मत मात्र खसेको छ । कुल ४ सय ९० जना मतदाता रहेकामा जम्मा ७८ जनाले मात्र मतदान गरेको मतदान अधिकृत जोगेन्द्र पुनले जानकारी दिनुभयो । अस्थायी मतदाता नामावलीमा नाम भएका कर्मचारी र सुरक्षाकर्मीले समानुपातिक तर्फ मतदान गरेका हुन् ।