Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ५८ प्रतिशत मत खस्यो 

रुकुम पश्चिममा आइबार भएको मतदानबाट ५८ प्रतिशत मत खसेको छ । जिल्लामा कुल १ लाख ४ हजार २ सय ८० मतदाता रहेका थिए । जसमध्ये ६० हजार ५ सय २७ जना मात्र मतदानमा सहभागि भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । 

यो कुल मत संख्याको ५८ं.०४ प्रतिशत हो । मतदान गर्नेमा पुरुष भन्दा महिला बढी छन् । भोट हाल्नेमा महिला मतदाता ३१ हजार ५ सय २७ रहदा पुरुष मतदाता २९ हजार रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ । जिल्लाका कुल १ सय ३९ वटा मतदान केन्द्रमा मतदान भएको थियो । 

छिटपुट बाहेक शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको उहाँले बताउनुभयो । सबै मतदान केन्द्रमा बिहान ७ बजे सुरु भएको मतदान बेलुकी ५ बजे सकिएको थियो । मतदान सकिने वित्तिकै आवश्यक प्रक्रिया पुरा गरेर मतपत्र ढुवानीको काम सुरु भएको थियो । आजसम्ममा जिल्लाका सबै ठाउँको मतपत्र जिल्ला आइपुग्ने बताइएको छ । 

सबै मतपत्र आइपुगेपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update