Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा मतपेटिका संकलनको काम जारी, १० वटा केन्द्रको पुग्न बाँकी 
फाइल फाेटाे ।

रुकुम पश्चिमका १ सय २९ वटा मतदान केन्द्रको मत जिल्ला सदरमुकाम ल्याइपुर्याइएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा पर्ने १ सय २९ वटा केन्द्रको मतपेटिका जिल्ला आइपुगेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । अव १० वटा मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी छ । 

आठबीसकोट नगरपालिका वडा नम्बर १ देखि ६ मा रहेका सबै मतपेटिका ल्याउन बाँकी रहेको उहाँको भनाई छ । उहाँका अनुसार यि ६ वडाका ७ वटा मतदान स्थलका १० केन्द्रको मतपेटिका आइपुग्न बाँकी रहेको हो । भौगोलिक रुपमा टाढाको दुरिमा रहेको र सुरक्षासंवेदनशिलतालाई ध्यानमा राखेर मतपेटिका ल्याउन समय लागेको उहाँको भनाई छ । 

दिउँसो १, २ बजेसम्म उक्त ठाउँको मतपत्र पनि आइपुग्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । बाँकी रहेका सबै मतपेटिका संगसंगै ल्याउने तयारी भइरहेको उहाँको भनाई छ । सबै मत्रपत्र आइपुगेपछि आजै साँझबाट मतगणना गर्ने तयारी गरिएको छ । जिल्लाका ७६ मतदान स्थलका १ सय ३९ वटा मतदान केन्द्रमा आइतबार दिनभर मतदान भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update